6 years ago
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा जित हात पारे विजयी टोलीले अंक तालिकाको शीर्ष ३ मा स्थान बनाउनेछ ।
सुरुवाती ११ :
आर्मी :
विकेश कुथु (गोलरक्षक), विकास खवास, जितेन्द्र कार्की, विकास तामाङ, सुमन अर्याल, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङडेम्बे, सन्तोष तामाङ, टंक बस्नेत, दिनेश हेन्जन, भरत खवास (कप्तान)
पुलिस :
शत्रुघन चौधरी (गोलरक्षक), विक्रम धिमाल (कप्तान), दिनेश राजवंशी, बुद्ध तामाङ,अजित भण्डारी, तेज तामाङ, निरकुमार राई, रवी पासवान, अभिषेक रिजाल, रेजिन सुब्बा, सुमन लामा
आर्मी र पुलिस दुवैले हालसम्म १ जित र १ बराबरी खेलेका छन् । आर्मी पहिलो खेलमा एनआरटीसँग २-२ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा च्यासललाई १-० ले हराएको थियो । यता पुलिसले पहिलो खेलमा जावलाखेललाई १-० ले हराएपनि दोस्रो खेलमा मछिन्द्रविरुद्ध गोलारहित बराबरीमा रोकियो । यस खेलमा जित हात पर्ने क्लबले अंक तालिकामा थ्री स्टारलाई उछिन्ने अवसर छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]