6 years ago
November 22, 2018
मनाङ विरुद्ध थ्री स्टार
पल्सर सहिद स्मारक ए डिभिजन लिग २०७५
प्रत्यक्ष प्रसारण
सुरुवाती ११ :
मनाङ:
विशाल श्रेष्ठ (गोलरक्षक), विराज महर्जन (कप्तान), मोहमद असिफ, सुरज विक, प्रवेश कुँवर, अन्जन विष्ट, विशाल राइ, डोना थापा, हेमन गुरुङ, दीपक राई, आडिलेजे सोमिडे
थ्री स्टार :
एलन न्यौपाने (गोलरक्षक), रञ्जित धिमाल, विक्रम लामा, पिटर सेगुन, विजय धिमाल, निराजन खड्का, सुनील बल, बुद्ध चेम्जोङ, निराजन खड्का, अनील गुरुङ, अजायी मार्टिन्स
थ्री स्टारले लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको थियो । उक्त खेलमा रन्जन विष्ट र बुद्ध चेम्जोङले १-१ गोल गरे । दोस्रो खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइजलाई ५-१ को फराकिलो अन्तरले हरायो । त्यस खेलमा ५ फरक खेलाडीले गोल गरे । फरवार्ड रन्जनले लगातार दोस्रो खेलमा गोल गर्दा चोटबाट पुनरागमन गरेका विक्रम लामा, निराजन खड्का, सुनील बल र रन्जित धिमालले १-१ गोल गरे । थ्री स्टारले अंक तालिकाको शीर्ष स्थानमा रहँदै अाफूलाई बलियो दावेदारको रुपमा प्रस्तुत गरिरहेको छ ।
मनाङले पनि लिगको सुरुवाती दुवै खेलमा सहज जित दर्ता गरको छ । पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३-१ ले पराजित गरेको मनाङले दोस्रो खेलमा एनआरटीलाई २-० ले पराजित गर्यो । दुवै खेलमा गोल गर्न सफल रहेका फरवार्ड ओलावाले आफिज भने थ्री स्टारविरुद्ध उपलब्ध रहने छैनन् । दुवै खेलमा पहेंलो कार्ड पाएका कारण उनी प्रतिबन्धमा परेका छन् । मनाङलाई चोटको समस्याले पनि उत्तिकै सताएको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]