6 years ago
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो खेलमा भ्याली च्यासल युवा क्लबले न्यू रोड टिम (एनआरटी) को सामना गर्दैछ ।
च्यासलको सुरुवाती ११ मा विमल घर्तिमगर र सन्तोष साहुखल दुवै रहेका छन् । मिडफिल्डमा हेमन्त थापामगर र विश्व अधिकारी छन् भने विन्ग्समा अमिर श्रेष्ठ र सन्जोग राइ छन् । डिफेन्समा कप्तान देवेन्द्र तामाङसँगै डेब्यु गरिरहेका फ्लोरेन्ट, निशान्त खड्का र छिरिङ गुरुङ छन् । गोलरक्षकमा दीनेश थापामगर छन् ।
लिगको दोस्रो चरणसम्म दुवै टोलीले १-१ अंक जोडेका छन् । च्यासलले पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग १-० ले पराजित भएको थियो । एनआरटीले भने पहिलो खेलमा आर्मीसँग २-२ को बराबरी खेल्दै दोस्रोमा मनाङसँग २-० ले पराजित भयो ।
उपाधि होडमा आउने सम्भावना बोकेको च्यासलले दावेदारीलाई सार्थकता दिने हो भने आजको खेल जित्नेपर्ने दबाब छ । प्रशिक्षक राजुकाजी शाक्य पनि अब टोलीले एकाग्रता पाएसँगै नतिजा आउनेमा आशावादी छन् । ‘ हामीले पहिलो खेलमा अंक गुमायौं । टिम सेट नभएकाले केहि समस्या थियो । आर्मीविरुद्ध राम्रो खेल्दाखेल्दै पनि पराजित भयौं । राइनो गोल्डकप खेल्दाको थकानले पनि त्यो भएको थियो । अब हामी तयार छौं । भोली तीन अंक महत्त्वपूर्ण छ,’ उनले भने ।
सन्तोष साहुखलको आगमनले पनि टोलीलाई फाइदा पुगेको प्रशिक्षक शाक्यको बुझाई छ । ‘उनले पहिलो खेलमा आएकै भोलिपल्ट मैदान उत्रिए । राम्रो प्रदर्शन नै गरे । गोल निस्कन सकेन । पछिल्लो केहि दिन सँगै प्रशिक्षण गरेका छौं । विमल पनि टोलीसँगै छ । राम्रो प्रदर्शनको आशा राखेको छु । टोलीमा विदेशी डिफेन्डर पनि थपिएका छन्,’ उनले भने । च्यासलले मनाङको पूर्व खेलाडी फ्लोरेन्टलाई अनुबन्धन गरेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]