6 years ago
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लब भिड्दैछन् । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको छैन ।
राष्ट्रिय खेलाडीको उपस्थिति रहेको पुलिसले मछिन्द्रलाई दबाबमा राखेपनि गोल गर्न भने सकेको छैन । मछिन्द्रका गोलरक्षक दीप कार्कीले केहि राम्रो बचाउ गरेका छन् । पहिलो हाफको अन्त्यतिर अभिषेक रिजालको सटलाई ‘पोइन्ट ब्लांक’ रेन्जबाट दीपले पन्च गरेका थिए । त्यसअघि सुमन लामाको पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहारलाई पनि दीपले विफल तुल्याए ।
पुलिसले आक्रमक रणनीति अपनाउँदै खेलेपनि मछिन्द्रको डिफेन्सले कमै मौका दिएको छ । च्यासलविरुद्ध खेलमा म्यान अफ द म्याच भएका विकास थुलुङ राईले आज पनि राम्रो प्रदर्शन गरिरहेका छन् । आक्रमणमा विशाल राईले कमै अवसर पाएका छन् । उनले खेलको सुरुवाती समयमा लामो दुरीबाट गरेको प्रहार नै मछिन्द्रको हालसम्मको उल्लेख्य आक्रमण रहेको छ ।
सुरुवाती ११ :
नेपाल पुलिस क्लब :
शत्रुघन चौधरी (गोलरक्षक), विक्रम धिमाल (कप्तान), सन्तोष हेम्रुण, अजित भण्डारी, दिनेश राजवंशी, तेज तामाङ, हेम तामाङ, अभिषेक रिजाल, रवी पासवान, निरकुमार राई, सुमन लामा
मछिन्द्र :
दीप कार्की (गोलरक्षक), विकास थुलुङ, अन्जन देवकोटा, विवेक पण्डित,संजय राजवाहक, अजित गुरुङ, टंकप्रसाद गुरुङ, उत्तम गुरुङ (कप्तान), खामिर गिल्सान, विशाल राइ, निरोज चौधरी
प्रत्यक्ष प्रसारण :
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]