default_image

6 years ago

November 11, 2018

रियल बेटिसविरुद्ध पहिलो हाफमा बार्सिलोना २-० ले पछाडी

72 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल बेटिसको सामना गरिरहेको छ । पहिलो हाफमा बेटिसले २-० को अग्रता लिएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा बेटिसविरुद्ध कप्तान लिओनेल मेसीले चोटबाट फर्केर पहिलो खेल खेल्दैछन् । उनले तीन सातापछि मैदान उत्रने क्रममा सुरुवाती रोजाईमा स्थान बनाएका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पोस्टमा प्रहार गरेपनि गोल गर्न भने सकेको छैन । ठिक विपरित बेटिसले भने सिर्जना गरेका थोरै अवसर सदुपयोग गर्दै खेलमा अग्रता लिएको छ ।

पाहुना टोलीका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाए । उनले विलियम कार्भाल्होको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे । उनलाई पूर्व बार्सिलोना खेलाडी क्रिस्टियन टेलोले असिस्ट दिएका हुन् ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.