7 years ago
May 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।यसअघि हिजो भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई एपिएफले पराजित गरेको थियो।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एपिएफले मञ्जु गुरुङको कप्तानीमा रहेको पश्चिमाञ्चललाई २५-१५, २५-८ र २५-१२ को सोझो सेटमा पराजित गर्यो। अघिल्लो संस्करणको विजेता नेपाल एपिएफ क्लब समूहका दुवै प्रतिस्पर्धी भन्दा निकै बलियो देखियो।
आजको दोस्रो खेलमा १:३० बजे नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबको सामना गर्नेछ। नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। नेपाल आर्मी क्लबको भने यो पहिलो खेल हो।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]