8 years ago
May 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मुक्केवाजद्धय पुरन राई र दिपक श्रेष्ठ एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा पराजित भएका छन् । आइतबार भएको प्रतिस्पर्धामा पुरन र दिपक पराजित भएका हुन् ।
उज्बेकिस्तानको तास्केन्ट शहरमा भएको पुरुष ५६ केजी तौल समूहमा पुरन तीन राउन्ड भिडेपनि ताजकिस्तानका खेलाडि भोहिडोभ एशोरसँग अंकका आधारमा पराजित भए । दिपक पनि ६४ केजी तौल समूहमा इरानका खेलाडी अरमास इस्माइलसग अंककै आधारमा पराजित भए । दिपकले पनि तीन राउण्ड सम्म खेलेका थिए ।
एशियाका २८ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता वल्र्ड च्याम्पिसनशिपको छनोट चरणको खेल समेत भएकाले नेपाली मुक्केवाजले सो अवसर गुमाएको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी गराए ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]