3 hours ago
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फोर नेसन्स महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र म्यानमारबीचको खेल जारी छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
खेलको २४ औं मिनेटमा नेपाल गोल खानबाट जोगियो । म्यानमारकी सान थाउ थाउले हानेको प्रहारमा गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा बिट भैसक्दा विमला विकले गोल लाइनबाट बचाइन् ।
खेलको ३५ औं मिनेटमा नेपालले गोल गर्ने मौका चुकायो । साम्बाले हानेको प्रहारलाई म्यानमारकी गोलरक्षक मो म्या म्या नेनले बचाइन् । रिबाउन्डमा साम्बाको हेडरमा रेखाले क्लोज रेन्जबाट हानेको प्रहारमा पनि किपर बाधक भइन् । क्लिएर हुन नसकेको बलमा सविताको प्रयास पनि सफल हुन सकेन् ।
४४ औं मिनेटमा नेपालले अर्को मौका गुमायो । रेनुका नगरकोटीले दिएको लामो क्रसमा गोल किपरले फुत्काएको बलमा क्लोज रेन्जमा रहेका साम्बा र रेखाले बल कनेक्ट गर्न सकेनन् । पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।
आज नेपालले प्लेइङ इलेभेनमा दुई परिवर्तन गर्यो । गोलरक्षक अन्जना राना मगरको स्थानमा कप्तान तथा नियमित गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा र स्ट्राइकर रश्मी कुमारी घिसिङको स्थानमा रेखा पौडेलकाई प्रशिक्षक राजेन्द्र तामाङले उतारे । म्यानमारले भने आज ८ परिवर्तन गरेको छ।
फिफा वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि रहेको छ । म्यानमार ५५ र नेपाल १०३ स्थानमा रहेका छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]