default_image

6 months ago

September 28, 2024

रिजन र देवको टि ट्वान्टी आईमा डेब्यु

1509 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रिजन ढकाल र देव खनालले नेपालको टि ट्वान्टी आईमा डेब्यु गरेका छन् ।

क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा दुवैको डेब्यु भएको हो । उनीहरुका साथै पछिल्लो ओडिआईमा रहेका ५ नेपाली खेलाडी परिवर्तन भएका छन् ।

नेपालले पछिल्लो ओडिआई टिममा रहेका गुलसन झा, आरिफ शेख, भीम सार्की, ललित राजवंशी र अर्जुन साउदलाई बेन्चमा राख्दा कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र देव खनाललाई मौका दिएको छ ।

क्यानडासँगको पहिलो टि ट्वान्टीमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

नेपालको प्लेइङ११

कुशल भुर्तेल, आसिफ सेख, अनिल कुमार शाह, देव खनाल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सन्दीप लामिछाने।

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

विवादित एनओसीद्वारा सरकारको आलोचना

काठमाडौं (हाम्रो खेलकुद)- विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारी र सदस्यलाई वैदेशिक यात्रा गर्नबाट रोक्न सरकारको तर्फबाट विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ। अदालत आदेश र सरकारको निर्देशनको वेवास्ता गर्दै मंसिरमा विशेष साधारण सभा र पुसमा अनलाइन निर्वाचन गरेपछि एनओसी पुनः विवादमा परेको थियो। एनओसी विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। एनओसीले […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.