default_image

1 year ago

January 21, 2024

नेपाललाई पहिलो सफलता

821 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुभाष भण्डारीले आइसीसी यू-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध जारी खेलमा नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गरेका हुन् । वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे । न्युजिल्यान्डले १०.१ ओभरमा ५३ रन जोडिसकेको छ ।

न्युजिल्यान्डका लागि टम जोन्सले ३६ बलम ५ चौकासहित ३० रन जोडेका छन् । क्रिजमा स्नेहिथ रेड्डी आएका छन् ।

नेपालका लागि गुलशन झाले ५ ओभर बलिङ गर्दा आकाश चन्दले ३ र दीपेश कँडेलले १ ओभर बलिङ गरेका छन् । सुभाषले दोस्रो ओभरमा सफलता हासिल गरे ।

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

नमोबुद्ध पाँचथर गोल्डकप फाइनलमा

दिपक बोहोरा,पाँचथर टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब  पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि  टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो। टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष […]

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

Success

Thank you for your time.