1 year ago
October 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्ध त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा नेपाललाई राम्रो सुरुवात दिलाएका छन् ।
यूएई ५ ओभरको समाप्तिमा ४५ रन जोड्दै राम्रो सुरुवात गरेको छ । वृत्य अरविन्द १६ रन र आसिफ खान ६ रनमा खेलिरहेका छन् ।
सोमपालले पहिलो स्पेलको सुरुवाती दुई ओभरमा विकेट लिँदै यूएईका दुई ओपनरलाई पेभेलियन फर्काएका हुन् । उनले पहिलो ओभरको अन्तिम बलमा खालिद शाहलाई बोल्ड गरे । त्यसअघि खालिदले सोमपाललाई तीन चौका प्रहार गरेका थिए ।
सोमपालले आफ्नो दोस्रो ओभरको चौथो बलमा कप्तान मुहमद वासिमलाई पनि आउट गरे । वासिम ठूलो सट खेल्ने धुनमा दिप मिड विकेटमा क्याच आउट भए । उनले ७ बलमा १ चौकासहित ८ रन जोडे ।
नेपालका कप्तान रोहितकुमार पौडेलले लगातार चौथो खेलमा टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका थिए । नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अभिनाश बोहोरा टोलीमा फर्केका छन् । यस्तै पछिल्लो खेलबाट प्रतिश जिसी र ललित नारायण राजवंशीलाई विश्राम दिइएको छ ।
नेपालले सुरुवाती दुई खेलमा पनि टस जितेर फिल्डीङ नै रोजेको थियो । हङकङसँग शनिबार भएको खेलमा भने नेपालले पहिलो ब्याटिङ गर्दै २ सय १३ रनको विशाल योगफल खडा गरेको थियो ।
नेपालको टोली :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी, अभिनाश बोहोरा
यूएईको टोली :
मुहमद वसीम, वृत्य अरविन्द, खालिद शाह, आलिशान सराफु, आसिफ खान, बसिल हमिद, नसिर अली, निलांश केश्वनी, जहुर खान, मुहमद जवादुल्लाह, अकिफ राजा
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
दिपक बोहोरा,पाँचथर टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो। टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]