default_image

11 months ago

October 21, 2023

अर्जुन पेभेलियन फर्किए

3621 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ राष्ट्रिय टोलीका ओपनर अर्जुन कुमाल एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा जापानविरुद्ध सस्तोमा पेभेलियन फर्केका छन् ।

पछिल्लो खेलमा साउदी अरबविरुद्ध १ सय ४२ रनको सानदार इनिङ खेलेका अर्जुन जापानविरुद्ध भने १० रनमा आउट भए । उनले २३ बलको सामना गर्दै १ चौका प्रहार गरेका थिए । अर्जुन आठौं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा डिप स्क्वायर लेगमा क्याच आउट हुन पुगे ।

क्रिजमा अहिले ओपनर दीपक बोहोरालाई साथ दिन आकाश त्रिपाठी आएका छन् । दीपक २५ बलमा २ चौकासहित १९ रनमा खेलिरहेका छन् । नेपालले ८ ओभरमा ३२ रन जोड्दै १ विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले आजको खेलमा हेमन्त धामीलाई टोलीमा समेटेको छ । मलेसियाको बायोमास ओभलमा जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । नेपालले तीव्र गतिका बलर दुर्गेश गुप्ताको स्थानमा हेमन्तलाई टोलीमा राखेको हो ।

नेपालका लागि ओपनरमा दीपक बोहोरा र अर्जुन कुमाल नै रहेका छन् । त्यसपछि आकाश त्रिपाठी, देव खनाल, दीपक डुम्रे र विशाल विक्रम केसीले मध्यक्रम सम्हाल्नेछन् । मिलन बोहोरासँगै बलरमा दीपेश कँडेल पनि ब्याटिङको क्षमता राख्छन् । सुभाष भण्डारी, आकाश चन्द र हेमन्त धामी बलरको भूमिकामा छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.