default_image

1 year ago

October 17, 2023

पहिलो हाफमा नेपाल र लाओस बराबर

532 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोटको पहिलो चरणको अन्तर्गत नेपाल र लाओसबीच जारी दोस्रो लेगको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले आक्रमणमा खासै अवसर सिर्जना गर्न नसकेको खेलमा गोल पनि हुन सकेको छैन ।

१२ औं मिनेटमा दिनेश हेन्जनले फ्रि-किक मा क्रस गरेको बल लाओस गोलरक्षकले सजिलै समाते । १७ औं मिनेटमा लाओसका माइकल भाङको प्रहार नेपाली कप्तान किरण चेम्जोङले राम्रो बचाउ गरेर टारे ।

२२ औं मिनेटमा दिनेश हेन्जनको क्रसमा उत्सव राईले बक्समा खाली रहेको अवस्था बाट गरेको हेडर पोस्टको माथिबाट बाहिरियो । ३९ औं मिनेटमा लाओसका चोनि वेनपासर्थको बक्स भित्र बाट लिएको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो । ४२औं मिनेटमा वेनपासर्थबाट आएको प्रहार किरण चेम्जोङले सजिलै बचाए ।

पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता लिने अर्को अवसर पाएको थियो । दिनेशको क्रसमा अनन्त तामाङले गरेको प्रहार सटिक हुन नसक्दा ६ यार्ड बक्सभित्र पुगेको बलमा कुनै नेपाली खेलाडी पुग्न सकेनन् ।

नेपालमा भएको पहिलो लेगको पहिलो खेल गत बिहिबार १-१ गोलमा सकिएको थियो । आजको खेलको ९० मिनेट सम्ममा कुनै टोली विजयी भए स्वतः दोस्रो चरणमा अघि बढ्नेछ । तर ९० मिनेट सम्म पनि नतिजा आउन नसके खेल ३० मिनेटको थप समयमा जाने छ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।

यस खेलको विजेता छनोटको दोस्रो चरणको समूह एचमा आफ्नो स्थान बनाउने छ । समूह एचमा युएइ, बहराइन सहित यमन रहनेछन् ।

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

Success

Thank you for your time.