default_image

12 months ago

September 27, 2023

नेपालका दुबै ओपनर आउट, कुशल मल्लको आक्रामक ब्याटिङ

2786 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध दुवै ओपनरलाई गुमाएको छ ।
चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ८ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा आउट भएका थिए । जम्यांसुरेन दावासुरेनको बलमा डिप स्क्वायर लेगमा अल्तांखुयाग मुगुनले सानदार क्याच लिएपछि कुशल पेभेलिएन फर्किएका छन् ।

ओपनर आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे । आसिफ टप एज लागेर कट विहाइन्ड हुन पुगेका हुन् । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए ।

नेपालले चौथो नम्बरमा रोहित पौडेललाई ब्याटिङमा पठाएको छ । कुशल मल्ल ११ बलमा २ चौका र २ छक्कासहित २७ रनमा क्रिजमा छन् । रोहित २ रनमा खेलेका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.