default_image

1 year ago

August 26, 2023

नेपालको राम्रो ब्याटिङ सुरुवात

3324 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा उपाधि जित्न हङकङले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा राम्रो सुरुवात गरेको छ ।

जितको लागि १ सय २ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै ३३ रन बनाएको छ । नेपालकी इन्दु बर्मा १८ बलमा २ चौकासहित १८ रनमा क्रिजमा छिन् । सीता रानामगरले ११ बलमा १ चौकासहित १० रन बनाएकी छिन् ।

नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो । तर त्यसपछि दुई अनुभवी ब्याटर सीता र इन्दुले नेपालको इनिङलाई राम्रो सुरुवात दिलाएका छन् ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपालको खुशी डंगोलले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.