default_image

1 year ago

August 16, 2023

एएफसी कप छनोट : मछिन्द्रको आक्रामक रणनीति

2677 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको प्लेअफ अन्तर्गत दोस्रो चरणमा मछिन्द्र फुटबल क्लबले मोहन बगानविरुद्ध आक्रामक टोली उतारेको छ । खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

प्रशिक्षक किशोर केसीले ४ फरवार्डसहित मोहन बगानविरुद्ध सुरुवाती ११ घोषणा गरेका हुन् । पारो एफसीविरुद्ध खेलेको टोलीमा एक परिवर्तन गर्दै केसीले मेसुके ओलोमोउलाई पहिलो रोजाइमा उतारेका छन् । मिडफिल्डर उत्सव राई बेन्चमा झरेका छन् ।

मेसुकेसँगै आक्रमणमा विमल घर्ती मगर, ओलावाले आफिज र आयुष घलान सुरुवाती रोजाइमा छन् । मिडफिल्डमा एरिक विष्ट र आन्द्रेस निया रहेका छन् । डिफेन्समा देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, ओमोलाजा करीम र छिरिङ गुरुङ खेल्दैछन् । कप्तान विशाल श्रेष्ठ नियमित गोलरक्षक छन् ।

मोहन बगान र मछिन्द्रबीच खेलको विजेताले फाइनलमा माल्दिभ्सको क्लब इगल्स र बंगलादेशको ढाका अबहानीबीच विजेतासँग खेल्नेछ । उक्त फाइनलको विजेताले सिधै समूह चरणमा स्थान पक्का गर्नेछ । समूह चरणमा भारतको ओडीसा र माल्दिभ्सको माजियाको स्थान पक्का भइसकेको छ ।

बंगलादेशको बसुन्धारा किंग्स पनि च्याम्पियन्स लिगको प्लेअफ पार गर्न नसक्दा समूह चरणमा खेल्ने भएको छ । मंगलबार भएको प्लेअफमा टोलीले शारजाह एफसीसँग २-० को हार बेहोरेको थियो ।

विशाल श्रेष्ठ

सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ

आन्द्रेस निया, एरिक विष्ट

विमल घर्ती मगर, आयुष घलान, मेसुके ओलोमोउ

अफिज ओलावाले

बेन्च : प्रदिप भण्डारी, लुज महर्जन, दिवाकर चौधरी, लाकेन लिम्बु, दिपेश घले, उत्सव राई, आशिष चौधरी, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल

मुख्य प्रशिक्षक : किशोर केसी

सहायक प्रशिक्षक : सन्तोष न्यौपाने

फिजियो : सुरज भुषाल

व्यवस्थापक : अनिल श्रेष्ठ

सहायक व्यवस्थापक : शिरिष श्रेष्ठ

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

Success

Thank you for your time.