1 year ago
August 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विमल घर्ती मगर र आयुष घलानले ३ मिनेटको अन्तरमा गोल गरेपछि मछिन्द्र एएफसी कप छनोटको प्लेअफमा पारोविरुद्ध अग्रता लिएको छ ।
खेलको छैटौं मिनेटमा पारोले अग्रता लियो । पेनाल्टी क्षेत्रको बायाँ भागबाट यशी दोर्जीले दिएको पासमा काजुअोको प्रहार गोल भएको थियो । जापानी फरवार्डको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै पोस्टभित्र छिर्यो ।
तर मछिन्द्रले पाँच मिनेट नबित्दै खेल बराबरीमा ल्यायो ।१२ अौं मिनेटमा सर्ट कर्नरपछि आयुषको क्रमलाई विमलले हेडरमार्फत गोलमा परिणत गरे ।
लगत्तै १५ अौं मिनेटमा विमल र आयुषको सहकार्यमा मछिन्द्रले अग्रता लियो । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।
खेल २६ मिनेट चलिरहँदा मछिन्द्र २-१ ले अघि छ ।
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र स्कटल्याण्डबीचको खेल आज हुँदैछ । खेल मंगलवार नेपाली समयअनुसार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ । सिरिजमा नेपाल ,स्कटल्याण्ड र घरेलु टोली अमेरिकाको सहभागिता छ । नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका क्रिकेटर बेन कटिङ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । लुम्बिनीले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउण्डर कटिङलाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । लुम्बिनीले यसअघि इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको थियो । ३७ वर्षिय कटिङले हालसम्म अस्ट्रेलियाका लागि […]