2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र भारत भिड्दैछन् । पहिलो हाफको खेल सकिंदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
१७ औं मिनेटमा एरिक विष्टले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे । कर्नरमा आएको रिबाउन्डलाई एरिकले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा गुरप्रित बाधक बनेका थिए । त्यसको केहीबेरमै मनिष डाँगीको पास केहि फितलो हुँदा विमल घर्ती मगर ६ यार्ड बक्सभित्र अवसरको सदुपयोग गर्नबाट बन्चित भए ।
४० औं मिनेटमा उदान्ता सिंहले दायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक किरण चेम्जोङले एक हातले बल जोगाएपनि फार पोस्टमा महेश सिंह नाओरेम बलसम्म पुग्न सकेनन् ।
नेपालले पहिलो हाफको अन्त्यमा अन्जन विष्टको साथ गुमाएको छ । चोटका कारण उनी बाहिरिएसँगै मिडफिल्डर आवास लामिछाने मैदान प्रवेश गरेका छन् ।
आज सम्पन्न समूह ए को खेलमा कुवेतले पाकिस्तानलाई ४-० ले पराजित गर्यो । यसअघि पहिलो दिन नेपाल कुवेतसँग ३-१ ले पराजित हुँदा भारतले पाकिस्तानलाई ४-० ले नै हराएको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]