default_image

1 year ago

April 11, 2023

पहिलो हाफमै मच्छिन्द्रको तीन गोल

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत साविक विजेता मच्छिन्द्रले फुटबल क्लब खुमलटारविरुद्ध पहिलो हाफमै ३-० को अग्रता लिएको छ ।

च्यासल मैदानमा ओलावाले आफिजले २ तथा विमल घर्ती मगरले १ गोल गरे । खुमलटारको डिफेन्सले कमजोर प्रदर्शन गर्दा मच्छिन्द्रले पहिलो हाफमै पकड जमाएको हो ।

खेलको २४ औं मिनेटमा आफिजले सुरुवाती अग्रता दिलाए । सुरज विकको लामो पासलाई अफिजले शारीरिक शक्तिको उपयोग गर्दै उत्कृष्ट टर्न गरे । भारतीय डिफेन्डर सान्विल कोस्टालाई पेनाल्टी क्षेत्र बाहिर बिट गरेपछि पेनाल्टी क्षेत्रभित्र लगेर उनले फिनिस गरे ।

त्यसको ५ मिनेट नबित्दै आफिजले दोस्रो गोल गरे । चेन्चो ग्याल्सेनको पासमा डिफेन्स लाइन बिट भएपछि गोलरक्षकसँग वन भर्सेस वनमा बल फुस्केपनि पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आफिजले गोल गरे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा विमलले तेस्रो गोल गरे । चेन्चोको सुरुवाती प्रहार गोलरक्षक देव लिम्बुले जोगाएपनि फर्केर आएको बललाई विमलले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरे ।

यस्तै एन्फा कम्प्लेक्समा जारी खेलमा आर्मीले जावलाखेलविरुद्ध १-० को अग्रता लिएको छ । जिलेस्पी जंग कार्कीको गोलमा आर्मी अघि बढेको हो ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

Success

Thank you for your time.