default_image

2 years ago

January 19, 2023

रोनाल्डोको दुई गोलमा पहिलो हाफ बराबर

198 views

0 Bookmark

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि साउदी अरबमा जारी मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियाद सिजन टोली २-२ को बराबरीमा छन् ।

खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीले पिएसजीलाई अग्रता दिलाए । रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केहि मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो । कम खेलाडीको बाबजुद पिएसजीले अग्रता लिएको थियो । इन्ज्युरी समयमा नेयमार पेनाल्टीमा चुक्दा अर्कोतर्फ रोनाल्डोले गोल फर्काउँदै खेल बराबरीमा राखेका छन् ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएको पिएसजीका लागि मेस्सीले तेस्रो मिनेटमा गोल गरे । उनले नेयमारले दिएको चिप पासलाई गोलमा परिणत गरे । मेस्सीले पेनाल्टी क्षेत्र भित्र गोलरक्षक र डिफेन्सले पछ्याएको अवस्थामा दुई विपक्षीको बीचबाट बललाई पोस्टको दिशा दिएका थिए । लगत्तै पाँचौ मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहार गोलरक्षक केलर नाभासले जोगाए ।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले साउदी टोलीलाई पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काए । गोलरक्षक केलर नाभास क्रसमा बल रोक्ने क्रममा रोनाल्डोको मुखमा जुधेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे ।

३९ औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड दिए । तर त्यसले पिएसजीलाई अग्रता लिनबाट रोक्न । कप्तान मार्किन्हसले ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । उनले किलियन एमबाप्पेको पासलाई सदुपयोग गरे ।

इन्ज्युरी समयमा नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए । तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाए । अर्कोतर्फ केहि मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए । रोनाल्डोको सुरुवाती हेडर पोस्टमा लागेर फर्केपछि सर्जियो रामोसले राम्रो क्लिअरेन्स गर्न नसक्दा रिबाउन्डमा पोर्चुगिज फरवार्ड चुकेनन् ।

खेलको उद्घाटन समारोहमा भारतीय अभिनेता अमिताभ बच्चनले खेलाडीलाई स्वागत गरेका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.