2 years ago
September 7, 2022
एजेन्सी – छैटौं साफ महिला च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स खेल्दैछन् । पहिलो हाफको समाप्तिमा बंगलादेशले ३-० को अग्रता लिएको छ ।
एकपक्षीय खेलमा बंगलादेशकी कप्तान सविना खातुनले दुई गोल गरेकी छिन् । अर्को गोल मसुरा प्रविनको नाममा रहेको छ । बंगलादेशले खेलको सुरुवातदेखि नै माल्दिभ्सको पोस्टमा आक्रमण सुरु गरेको थियो । पटक पटक गोलको अवसर सिर्जना गरेपनि बंगलादेशका फरवार्डले सुरुवाती आधा घण्टामा गोल गर्न सकेनन् ।
कप्तान सविना खातुनले खेलको ३१ औं मिनेटमा सुन्दर गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । सन्जिदा अख्तरको पास लिएपछि उनले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहार माल्दिभ्सकी कप्तान तथा गोलरक्षक अमिनाथ लिजाले ढिलो ठम्याएपछि गोल भएको थियो ।
बंगलादेशका लागि ३४ औं मिनेटमा मसुरा प्रविनले अग्रता दोब्बर पारिन् । पेनाल्टी क्षेत्रभित्र बल क्लियर नभएको अवस्थामा उनले खुला बललाई पोस्टको दिशा दिएकी थिइन् ।
खेलको ४० औं मिनेटमा कप्तान सविनाले व्यक्तिगत दोस्रो गोल गरिन् । गोलरक्षक अमिनाथले मारिया मान्दाको पहिलो प्रहार बचाएपनि रिबाउन्डमा उनले दोस्रो बारमा सहजै गोल गर्दै ३-० को अग्रता दिलाइन् ।
यसअघि समूहको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० ले हराएको थियो ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]