2 years ago
August 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । दिउँसो ४:१५ बजे सुरु हुने खेलका लागि नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ ।
भारतविरुद्ध पहिलो रोजाइमा खेलेका मनग्य नकर्मीको स्थानमा सन्दीप कार्की टोलीमा फर्किएका छन् । सन्दीपले सुरुवाती दुवै खेल पहिलो रोजाइमा खेलेपनि भारतविरुद्ध भने बेन्चमा रहेका थिए । उनी भारतविरुद्ध दोस्रो हाफमा मैदान छिरेका थिए । सुरुवाती दुवै खेलमा बेन्चबाट गोल गरेका मनग्य पुन: वैकल्पिक खेलाडीमा छन् ।
आज सुरुवाती ११ मा सिनियर टोलीको अनुभव बटुलिसकेका कप्तान आयुष घलानसँगै कृतिश रत्न छुन्जु, सुगम सुवाल, दिपेश गुरुङ, सन्दीप कार्की, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, अजय चौधरी, अमर श्रेष्ठ र गोलरक्षक ईश्वर गुरुङ रहेका छन् । नेपालले सुरुवाती दुई खेलमा जित निकाल्दा सुरुवाती ११ मा यहि टोली उतारेको थियो ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो खेल नेपाल र बंगलादेश खेलेपछि भारत र माल्दिभ्सबीच साँझ ७:१५ बजे प्रतिस्पर्धा हुनेछ । साविक विजेता भारतसँग ८–० को हार बेहोरेपछि फाइनल यात्रा कठिन बनेको नेपालको फाइनल पुग्ने सम्भावना भने जिवित रहेको छ ।
नेपालले सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । तर, लयमा रहेको बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । बंगलादेशले पहिलो खेलमा भारतलाई २-१ ले हराएको थियो ।
बंगलादेशसँग बराबरी खेलेको अवस्थामा अर्काे खेलमा भारत माल्दिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्नेछ । माल्दिभ्स र भारतले बराबरी खेलेको अवस्थामा नेपालले बंगलादेशलाई १–० को गोलले अन्तरले हराए फाइनल पुग्नेछ । बंगलादेशले पछिल्लो खेलमा ह्याट्रिक गरेका मिराजुल इस्लामलाई बेन्चमा राखेको छ ।
बंगलादेशविरुद्ध नेपाल निश्चित जितको लक्ष्यसहित मैदान उत्रदै भारतसँगको पीडादायी हार बिर्साउन चहान्छ । नेपाललाई फाइनलमा पुग्न जितबाहेकको विकल्प छैन । यता, बंगलादेश पनि नेपाललाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाललाई बराबरीमा रोकेमा पनि बंगलादेश अपराजित रहँदै फाइनलमा पुग्नेछ । बंगलादेश सोही रणनीतिमा नेपालविरुद्ध मैदान उत्रनेछ ।
भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि २० साउन खेल्नेछन् ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]