2 years ago
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंकाबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपालले खेलको सुरुवाती समयमा आक्रामक प्रस्तुति गरेपनि गोल गर्न सकेन । तुलनात्मक रुपमा बढी आक्रमण गरेको नेपालसामु गोलरक्षक शेन बानुका बाधक बनिरहे । पहिलो खेलमा बल पोसेसन राख्दै आक्रमण बुन्न पाएको नेपाल आजको खेलमा भने केही दबाबमा देखिएको छ । श्रीलंकाले काउन्टर अट्याकमा आक्रमण बुन्दै नेपाली डिफेन्सलाई समस्या दिइरहेको छ ।
खेलको २३ औं मिनेटमा मुहमेधु मुन्सिफले श्रीलंकालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । उनले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल वन भर्सेस वनको स्थितिमा प्रहार गर्दा पोस्टमा लागेर बाहिरिएको थियो ।
खेलको २९ औं मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । कर्नरबाट आएको रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार श्रीलंकाको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । तर रेफ्रीले त्यसअघि नै रिबाउन्डमा जुध्ने क्रममा आशिष राईबाट फल भएको निर्णय दिए ।
४४ औं मिनेटमा कप्तान आयुष घलानको लामो फ्रिकिकमा सुगम सुवालको हेडर पोस्टभन्दा थोरै बाहिर गयो । खेल दौरान कालिंगा रंगशालामा पटक पटक फ्लड लाइट बन्द हुँदा खेल रोकिएको थियो ।
आजको खेलमा नेपालले पुरानै टोलीलाई निरन्तरता दिएको छ । टोलीसँग सिनियर राष्ट्रिय टोलीबाट अनुभव बटुलिसकेका मिडफिल्डर तथा टोलीका कप्तान आयुष घलानको साथ रहेको छ । आयुषसँगै अग्रपङ्तिमा सुगम सुवाल रहँदा मिडफिल्डमा दिपेश गुरुङ, कृतिश रत्न छुन्जु, सुमित श्रेष्ठ र आशिष राई छन् । अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सन्दीप कार्कीसँगै गोलरक्षक ईश्वर गुरुङले रक्षात्मक जिम्मेवारी सम्हालेका छन् ।
प्रतियोगितामा तीन खेल सकिँदा आज दिनको दोस्रो खेल हुँदैछ । आज भएको पहिलो खेलमा बंगलादेशले साविक विजेता भारतलाई पराजित गरेको थियो । यसले नेपाललाई फाइनल पुग्ने समिकरण थप सहज भएको छ । यस खेलमा श्रीलंकालाई हराएर अर्को खेलमा भारतलाई बराबरीमा रोकेपनि नेपाल फाइनल पुग्नेछ ।
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]