default_image

3 years ago

July 11, 2022

नामिबियाविरुद्ध नेपालको राम्रो बलिङ

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध राम्रो बलिङ प्रदर्शन गरेको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ३१ ओभरमा ५ विकेट गुमाउँदै १ सय २२ रन बनाएको छ ।

नामिबियाका जेजे स्मिथ र जान निकोल लोफ्टी एटोन १० रनमा क्रिजमा छन् । ओपनर लो हान्ड्री लरेन्स र डिभान ला ककले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । लरेन्स करण केसीको बलमा १८ रनमा कट एण्ड बोल्ड आउट भए ।

उनले २३ बलमा ३ चौका प्रहार गरे । ११ औं ओभरको चौथो बलमा सन्दीपले आक्रामक सुरुवात गरेका ककलाई एलबीडब्लू आउट गरे । डिभान ला कक ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सन्दीपले विकेटकिपर जीन ग्रिनलाई १५ औं ओभरको पहिलो बलमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ गरे ।

नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्स ४६ बलमा १ चौकासहित २१ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले ३० औं ओभरको पाँचौं बलमा कप्तान गेर्हार्ड इरास्मसलाई २२ रनमा बोल्ड गर्दै प्रमुख विकेट दिलाए ।

नेपालका आदिल आलमले ६ ओभरमा २ मेडनसहित १८ रन खर्चेका छन् । दीपेन्द्रले ६ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका छन् । सन्दीपले ५ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका छन् ।

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

February 5, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]

Success

Thank you for your time.