default_image

3 years ago

June 15, 2022

नेपालको मध्यम बलिङ प्रदर्शन

204 views

0 Bookmark

ह्युस्टन, (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ ।

मुसा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय १६ रन बनाएको छ । अमेरिका गजानन्द सिंह ४ र साइतेजा मुक्कामल्ला ७ रनमा अविजित छन् ।

तीव्र गतिका बलर करण केसीको पहिलो ओभरको पाँचौं बलमा बायाँ हाते ओपनर स्टिभन टेलर एज लागेर स्लिपमा वैकल्पिक फिल्डर सुनिल धमलाबाट एक रनमा क्याच आउट भए ।

यसअघि टेलरले पहिलो खेलमा नेपालविरुद्ध १ सय १४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । करणले नै तेस्रो ओभरको पाँचौं बलमा कप्तान मोनांक पटेललाई चार रनमा क्याच गराए । पटेल कभरमा आदिल अन्सारीबाट उत्कृष्ट क्याच आउट भएपछि अमेरिका ८-२ को अवस्थामा पुगेको थियो ।

पहिलो खेलमा टाई हुँदा टेलर र मोनांक पटेलले दोस्रो विकेटका लागि नेपालविरुद्ध दुई सय रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । खराब सुरुवात गरेको अमेरिकालाई तेस्रो विकेटका लागि सुशान्त मोदानी र आरोन जोन्सले ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

दीपेन्द्रसिंह ऐरीले २५ औं ओभरको पहिलो बलमा जोन्सलाई विकेटकिपर आसिफ शेखबाट ४३ रनमा क्याच गराउँदै साझेदारी तोडे । जोन्सले ६० बलमा ३ चौका प्रहार गरे । सन्दीप लामिछानेको बलमा सुशान्त देव खनालबाट ५४ रनमा क्याच भए । सुशान्तले ८३ बलमा ७ चौका प्रहार गरे ।

December 17, 2024

यु १९ महिला एसिया कप – नेपाल र भारत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान […]

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

Success

Thank you for your time.