2 years ago
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारी वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल रद्ध भएको छ । अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्ध भएको जनाएका हुन् । नेपालले अव तेस्रो खेल बुधबार खेल्नेछ । पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
वर्षाअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित थिए । उलाई रोय कैयाले १ रनबाट साथ दिनेछन् । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो ओपनर इनोसेन्ट कैयालाई फष्ट स्लिपमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराए ।
नेपाल र जिम्बावे ए बीचको खेल तालिक
वैशाख १८ (मे १) पहिलो टि२० : दिउँसो १ बजे
वैशाख १९ (मे २) दोस्रो टि२० : दिउँसो १ बजे
वैशाख २१ (मे ४) तेस्रो टि२० : दिउँसो १ बजे
वैशाख २३ (मे ६) – पहिलो एकदिवसिय, विहान ९ : ३० बजे
वैशाख २४ (मे ७) – दोस्रो एकदिवसिय, विहान ९ः३० बजे
वैशाख २६ (मे ९) – तेस्रो एकदिवसिय, विहान ९ः ३० बजे
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र स्कटल्याण्डबीचको खेल आज हुँदैछ । खेल मंगलवार नेपाली समयअनुसार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ । सिरिजमा नेपाल ,स्कटल्याण्ड र घरेलु टोली अमेरिकाको सहभागिता छ । नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका क्रिकेटर बेन कटिङ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । लुम्बिनीले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउण्डर कटिङलाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । लुम्बिनीले यसअघि इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको थियो । ३७ वर्षिय कटिङले हालसम्म अस्ट्रेलियाका लागि […]