default_image

3 years ago

March 25, 2022

दीपेन्द्र फेरि सस्तैमा आउट

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा पनि सस्तैमा आउट भएका छन् ।

२ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ४ विकेट गुमाउँदै ७८ रन बनाएको छ । आरिफ शेख २ र रोहित कुमार पौडेल १३ रनमा अविजित छन् ।

दीपेन्द्र स्पिनर चाल्र्स अमिनीको स्वलो बलमा कभरमा जेसन किलाबाट १५ रनमा क्याच आउट भए । दीपेन्द्र पछिल्ला खेलमा खराब लयमा छन् । युएई भ्रणमा दीपेन्द्र पपुवा न्युगिनीसँग पहिलो खेलमा ८ र युएईसँग ४ रनमा आउट भएका थिए । बाँकी दुई खेलमा भने खाता खोल्न सकेका थिएनन् ।

ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर नर्मन भानुआले अनिललाई सेसे बाउटबाट ६ रनमा क्याच आउट गराए । २०१८ पछि नेपाली टोलीमा फर्किएका अनिलले २१ बलमा १ चौका प्रहार गरे ।

लगत्तै नवौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका देव खनाल शून्यमा क्याच आउट भए । नोसिना पोकनाको बलमा ठूलो सट खेल्ने धुनमा मिडअनमा देव हिरि हिरीबाट क्याच आउट भए । १० औं ओभरको पहिलो बलमा भानुआले भुर्तेललाई ३२ रनमा बोल्ड आउट गरेपछि नेपालले खराब सुरुवात गरेको छ । भुर्तेल २८ बलमा ६ चौका प्रहार गरे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो ।

पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्यमा पुर्याउन मध्यक्रमका ब्याटर चाल्र्स अमिनीले १ सय ३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको इनिङ खेले । तल्लोक्रममा नर्मनले २८ बलमा ४ चौका र ३ छक्का सहित ४७ र कप्तान असाद भाला ५५ बलमा ११ चौकासहित ६० रन बनाए ।

January 9, 2025

एन्फा महिला लिगमा एपिएफ र पुलिस भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग अन्तिम चरणको विभागीय डर्बीमा आज नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब खेल्दैछन्। शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्नका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन् । बलियो दाबेदार एपिएफ दोस्रो चरणमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो। विभागीय भिडन्त रहने महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब […]

January 9, 2025

टोटेहमसँग लिभरपुलको‌ हार

एजेन्सी – टोटनहमले लिग को सेमिफाइनलको‌ पहिलो लेगमा बुधवार लिभरपुललाई हराएको छ। खेलको अन्त्यतिर लुकास बेरगभालले गरेको गोलमा टोटनहमले लिभरपुललाई १-० ले हराएको छ । यो सिजनमा लिभरपुलको यो दोस्रो हार मात्रै हो । सबै प्रतियोगिताका २४ खेलयता लिभरपुल पहिलो पटक पराजित भएको हो । लन्डनको टोटनहम स्टेडियममा भएको खेल सकिन ४ मिनेट अघि बेरगभालले गोल गरे […]

January 9, 2025

बार्सिलोना सुपर कपको फाइनलमा

एजेन्सी – बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरबको जेद्दामा एथलेटिक क्लबलाई बुधवार २-० ले हराउँदै बर्सिलोना उपाधि नजिक पुगेको हो। गाभी र लामिन यमलको गोलमा बार्सिलोनाले जित निकालेको हो । खेलको १७ औं मिनेटमा गाभिले पहिलो गोल गरे । ५७ औं मिनेटमा यमलले गोल गरेपछि बार्सिलोनाको फाइनल यात्रा निश्चित भयो । अर्को […]

Success

Thank you for your time.