default_image

3 years ago

March 25, 2022

नेपालको खराब ब्याटिङ सुरुवात

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सुरुवात गरेको छ ।

२ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी ८ र रोहित कुमार पौडेल २ रनमा छन् ।

ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर नर्मन भानुआले अनिललाई सेसे बाउटबाट ६ रनमा क्याच आउट गराए । २०१८ पछि नेपाली टोलीमा फर्किएका अनिलले २१ बलमा १ चौका प्रहार गरे ।

लगत्तै नवौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका देव खनाल शून्यमा क्याच आउट भए । नोसिना पोकनाको बलमा ठूलो सट खेल्ने धुनमा मिडअनमा देव हिरि हिरीबाट क्याच आउट भए । १० औं ओभरको पहिलो बलमा भानुआले भुर्तेललाई ३२ रनमा बोल्ड आउट गरेपछि नेपालले खराब सुरुवात गरेको छ । भुर्तेल २८ बलमा ६ चौका प्रहार गरे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो । ओडिआईमा पपुवा न्युगिनीको बनाएको यो हालसम्मकै ठूलो योगफल हो । त्यस्तै नेपालविरुद्ध पपुवा न्युगिनी ओडिआईमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ ।

यसअघि ओडिआईमा २०१९ मा युएईले तेस्रो ओडिआई खेलमा नेपालविरुद्ध २ सय ५४ रन बनाएको थियो । जुन नेपालले ओडिआईमा पाएको सर्वाधिक ठूलो लक्ष्य थियो ।

तर पारस खड्काको १ सय १५ रनको ऐतिहासिक शतकको सहयोगमा नेपालले उक्त लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन नेपालले ओडिआईमा पूरा गरेको र बनाएको हालसम्मको सर्वाधिक ठूलो योगफल रहँदै आएको थियो । त्यस्तै पपुवा न्युगिनीको यो ओडिआई इतिहासकै ठूलो योगफल हो । यसअघि पपुवा न्युगिनीको ओडिआईमा सर्वाधिक ठूलो योगफल २०१४ मा हङकङविरुद्ध २ सय ६४ रन थियो ।

पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्यमा पुर्याउन मध्यक्रमका ब्याटर चाल्र्स अमिनीले १ सय ३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको इनिङ खेले । अमिनीको अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो ।

तल्लोक्रममा नर्मनले २८ बलमा ४ चौका र ३ छक्का सहित ४७ आक्रामक इनिङ खेल्दै कीर्तिमानी योगफलमा पुर्याए । कप्तान असाद भाला ५५ बलमा ११ चौकासहित ६० जोड्दै राम्रो सुरुवात दिलाएका थिए । दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा ८१ रन खर्चेर २ विकेट लिए । सन्दीपले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ९ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

March 11, 2025

अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा

एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्‍यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]

March 11, 2025

न्युक्यासलसँग वेस्ट ह्यामको‌ हार

एजेन्सी – ब्रुनो गुइमाराएस नायक बनेपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि १-० को जित निकाल्दै युइएफए च्याम्पियन्स लिग छनोट सम्भावनालाई कायम राखेको छ । वेस्ट ह्यामको लन्डन स्टेडियममा भएको कडा प्रतिस्पर्धात्मक खेलमा कप्तान गुइमाराएसले एक मात्र गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। यो जितले आइतबार लिभरपुल विरुद्धको इएफएल कप फाइनल अघि […]

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

Success

Thank you for your time.