default_image

3 years ago

March 22, 2022

बलिङमा नेपालको औसत प्रदर्शन

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध बलिङमा औसत प्रदर्शन गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले २५ ओभरमा ४ विकेट गुमाउँदै ७८ रन बनाएको छ । पपुवा न्युगिनीका कप्तान असाद भाला ६९ बलमा २ चौकासहित २८ रनमा अविजित छन् । सेसे बाउ ११ बलमा ६ रन बनाएका छन् ।

तीव्र गतिका बलर करण केसीले ओपनर टोनी उरालाई तेस्रो ओभरको तेस्रो बलमा विनोद भण्डारीबाट ६ रनमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । सोमपाल कामीले १० औं ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई २० रनमा विनोदबाट क्याच गराए । आउट साइड एज लागेर आउट हुनुअघि उनले ३२ बलमा ३ चौका प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीका मध्यक्रमका प्रमुख ब्याटर चाल्र्स अमिनीलाई सन्दीपबाट १३ रनमा क्याच गराए । आरिफ शेखले राइली हेकुरेलाई १ रनमा बोल्ड गर्दा पपुवा न्युगिनी २१.५ ओभरमा ६८–४ को कमजोर अवस्थामा पुगेको थियो ।

December 17, 2024

यु १९ महिला एसिया कप – नेपाल र भारत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान […]

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

Success

Thank you for your time.