default_image

2 years ago

March 10, 2022

नेपाल विशाल योगफलतर्फ अग्रसर

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटरको तीन अर्धशतकसँगै नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबविरुद्ध विशाल योगफलतर्फ अग्रसर बनेको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३५ ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको छ ।

क्रिजमा तेस्रो नम्बरका ब्याटर रोहित कुमार पौडेल ६३ रनमा अविजित छन् । ओपनर कुशल भुर्तेल ५७ र आसिफ शेख ५२ रन बनाउँदै आउट भए । दुबै ओपनरले राम्रो सुरुवात दिलाएपछि क्रिजमा आएका आरिफ शेख ३५ रन जोड्दै आउट भए । विकेटकिपर विनोद भण्डारी ३ रनमा आउट भएका छन् ।

नेपालको टोलीमा आसिफ शेख, आरिफ शेख, करण केसी र कमलसिंह ऐरी टोलीमा फर्किएका छन् । श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव र विक्रम सोबलाई नेपालले पुलिससँगको खेलमा विश्राम दिएको छ ।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा ८२ रनले पराजित गरेको थियो । नेपालले अन्तिम खेल शुक्रबार श्रीलंका संयुक्त ११ सँग खेल्नेछ । मार्च १४ मा नेपाल युएई पुग्नेछ । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी ९पिएनजी० सँग खेल्दै सुरुवात गर्नेछ ।

२२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

नेपालले चैत ११ (मार्च २५) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ ९२६ मार्च० मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ( मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), करण केसी, कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, विनोद भण्डारी, सागर ढकाल, रोहित कुमार पौडेल, भीम सार्की, पवन सरार्फ र आरिफ शेख ।

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

June 30, 2024

इङ्ल्यान्डको र स्पेनको प्रिक्वाटरफाइनल खेल आज

एजेन्सी – उपाधि दावेदारको रूपमा रहेको इङ्ल्यान्ड आज युरो कप २०२४ को राउण्ड अफ १६ अन्तर्गत आफ्नो खेल खेल्दैछ । इङ्ल्यान्डले आज नेपाली समय अनुसार राती ९:४५ बजे स्लोभाकिया विरुद्ध आफ्नो अन्तिम १६ को खेल खेल्नेछ । खेल गेल्सेनकर्चेन स्थित एरिना आउफशाल्केमा हुनेछ । इङ्ल्यान्ड समूह सि को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको […]

Success

Thank you for your time.