8 years ago
November 11, 2016
काठमाडौं (हाम्रो खेलकुद)
लामा टेन्डी शेर्पा लगातार तेस्रो पटक नेपाल बास्केटबल संघको अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा शुक्रबार भएको साधारण सभाले शेर्पासहित ११ सदस्यीय कार्यसमितिको निर्वाचिध चयन गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव हुन् । सन् २००५ मा उपाध्यक्षबाट बास्केटबल संघमा प्रवेश गरेका शेर्पा २००७ मा पहिलो पटक अध्यक्ष बनेका थिए । केन्द्रीय कार्यसमितिमा होमबहादुर दोङ वरिष्ठ उपाध्यक्ष तथा सोमबहादुर राई उपाध्यक्षमा चुनिए ।
अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहेका नरेन्द्र थापाले महासचिव, फनिन्द्रमान श्रेष्ठले सचिव र विष्णुहरि त्रिपाठीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । पवनकुमार थापा, राजकुमार महर्जन, निरञ्जन सत्याल, बसन्तराज गिरी र सरोजा कोइराला सदस्यमा चयन भए । बास्केटबल संघको शुक्रबार बसेको बैठकले भीमसिं गुरुङ, जुम गुरुङ र सुरज लामालाई उपाध्यक्षमा मनोनित गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य उपेन्द्र पौडेल र एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले प्रमाणपत्र प्रदान गरेका थिए । साधारणसभामा विभिन्न १६ जिल्लाबाट २-२ जना गरि ३२ तथा केन्द्रका १३ गरी ४५ जना प्रतिनिधिको उपस्थिति थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]