default_image

10 years ago

September 11, 2015

दशौ ग्रीनल्याण्ड बास्केटबलमा न्युसमिटको बिजयी शुरुवात

158 views

0 Bookmark

 न्यु समिट स्कुलले दशौ क्विइक्स चिजबल ग्रीनल्याण्ड बास्केटबल प्रतियोगितामा शुक्रवार बिजयी शुरुवात गरेको छ ।

3 (1)

सिनियर ब्वाईजको आफ्नो पहिलो खेलमा न्यु समिटले बालबिकासलाई २३–१६ ले रोक्यो । बिजयी टिमका लाक्पा शेर्पाले ९ स्कोर गरे । सिनियरतर्फ ग्लीनवर्डले फेरिल्याण्डलाई ३२–…१४ र हिमालय हेल्थ चाइल्ड एकेडेमी (एचएचसीए)ले ज्ञान सिन्धुलाई ७४–३४ ले हराए । ग्लीनवर्ड र हिमालयको जितका लागि क्रमश जीयो किनोशित्ताले १२ स्कोर र प्रकाश सुबेदीले १६ स्कोर गरे । अन्य खेलमा अभियान पब्लीक,त्रिज्याती,स्काईलार्कले जित निकालेका छन् । कुशल केसीको सर्बाधिक १२ स्कोरको सहयोगमा अभियानले इडिनव्रीजलाई २५–१८ ले पराजित गर्‍यो । त्यस्तै त्रिज्यातीले काब्यलाई १३–४ ले हराउदा स्काईलार्कले एआईएलाई ४४–२५ ले रोक्यो । जुनियरतर्फको खेलमा ओडिसिले एचएचसीए विरुद्ध ३२–१९ को जित निकाल्यो । ओडिसिको जितमा शाहिल तामाङले सर्बाधिक १५ स्कोर गरे ।

May 13, 2025

टाइम्सलाई झापा थ्री एक्स थ्री बास्केटबलको उपाधि

हिमाल खरेल, बिर्तामोड झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौंको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरको जित निकाल्दै उपाधि जितेको हो । […]

May 4, 2025

टाइम्सको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत आजको खेलमा टाइम्स बास्केटबल क्लब विजयी भएको छ। टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा ७६-७१ को स्कोरमा पराजित गर्दै विजयी सुरुवात गर्यो । कीर्तिपुरको कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनायो। तर दोस्रो क्वाटरमा टाइम्सलाई १३ स्कोरमा रोक्दै गोल्डेन गेटले २४ स्कोर गर्यो। […]

May 3, 2025

कीर्तिपुर र हाउण्ड्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर र हाउण्ड्स‌ एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेका छन्। कीर्तिपुर कभर्डहलमा शनिवार भएको खेलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४-५९‌ को सहजै हरायो। कीर्तिपुर विरूद्ध सामाखुशीले १२-१० को अग्रता बनाएको थियो। तर दोस्रो क्वाटरमा कीर्तिपुरले कमब्याक गर्यो। २४-१२ को स्कोर जोड्यो। तेस्रो क्वाटरमा सामाखुशीले २९-२५ ले […]

Success

Thank you for your time.