10 years ago
September 10, 2015
प्राइम कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्राइमले एलआरआई कलेजलाई ५९–५४ ले पराजित गर्यो । प्राइमको जितमा शशि पराजुलीले १९ अंक योगदान गरे ।
अन्तिम तथा चौथो क्वाटरमा २८–१७ को अग्रता बनाउदै प्राइमले जितको आधार खडा गरेको थियो । तेश्रो क्वाटरको समाप्तिसम्म प्राइम ३१–३७ ले पछाडि थियो । पहिलो क्वाटरमा १२–११ को झीनो अग्रता लिएको प्राइम दोश्रोमा ४–१२ ले पछाडि रह्यो । तेश्रोमा प्राइमले १५–१४ स्कोर गर्यो ।
गोल्डेनगेटले जेम्स कलेजलाई ६४–४१ ले हरायो । गोल्डेनगेटका खुखेन लामाले १५ अंक जोडे ।
गोल्डेनगेटले जेम्सलाई चारै क्वाटरमा उछिन्यो । पहिलोमा १६–१० को अग्रता बनाएको गोल्डेनगेटले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमशः १८–११, १५–१० र १५–१० स्कोर गर्यो ।
सेमिफाइनलमा गोल्डेनगेटको भेट प्राइमसंग हुनेछ । अर्को सेमिफाइनल लिभर इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेजबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। टाइम्सले शुक्रवार माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले पराजित गर्दै पहिलो जित निकालेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको खेलको पहिलो क्वाटरमा टाइम्स १८ अंकमा रोकियो। ट्रेक्सले २० अंक बनायो। तर दोस्रो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २२–११ को […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]