default_image

10 years ago

September 9, 2015

लिभरपुल र मोर्गन एनसेल यु–१८ बास्केटबलको सेमिफाइनलमा

148 views

0 Bookmark

लिभरपुल इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

4 (2)

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पहिलो सेमिफाइनलमा लिभरपुलले टाइम्स इन्टरनेसनल कलेजलाई ५४–३९ ले पराजित गर्‍यो । लिभरपुलका समिर निरौलाले १८ अंक जोडे ।
लिभरपुलले पहिलोमा १०–३, दोश्रोमा १९–१६ र तेश्रोमा १४–६ को अग्रता बनाउदै जित सम्भव तुल्याएको थियो । लिभरपुल चौथोमा ११–१४ ले पछि पर्‍यो ।
मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई ५०–४० ले हरायो । मोर्गनको जितमा डेन्जु गुरुङले १५ अंक योगदान गरे ।
पहिलो क्वाटरमा ९–१० को झीनो अन्तरले पछि परेको मोर्गन दोश्रोमा १६–७ ले अगाडि रह्यो । तेश्रोमा मोर्गनले १२–८ को अग्रता हासिल गर्‍यो भने चौथोमा १३–१५ ले पछि पर्‍यो ।

April 8, 2025

टाइम्सलाई साबा क्लब च्याम्पियनसिपमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]

April 4, 2025

साबामा टाइम्सको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। टाइम्सले शुक्रवार माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले पराजित गर्दै पहिलो जित निकालेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको खेलको पहिलो क्वाटरमा टाइम्स १८ अंकमा रोकियो। ट्रेक्सले २० अंक बनायो। तर दोस्रो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २२–११ को […]

March 29, 2025

टाइम्सले साबा क्लब च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]

Success

Thank you for your time.