4 years ago
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले भारतको राजस्थान बास्केटबल लिग (आरबिएल) बागर्ड बुल्सबाट खेलिरहेका छन् ।
सधिशको उच्च प्रदर्शनबाट प्ररित बुल्सले बुधबार सेखावत राइडर्सलाई ६४–३५ ले हराएको थियो । जसमा सर्वाधिक १८ स्कोर गरेका सधिस खेलको प्लेयर अफ दी म्याच चुनिएका थिए । उनको टोलीको त्यो दोस्रो जित हो । ३ मध्ये सधिशको टोलीले १ खेलमा हार बेहोरेको छ । लिगका बाँकी २ खेलमा राम्रो नतिजा निकाल्न सके टोली प्ले अफमा पुग्ने सम्भावना रहेको सधिशले बताए ।
बुल्सले आरबिएलमा अपराजित रहेको गोर्डबार्ड हक्ससँग बिहीबार प्रतिस्पर्धा गर्ने सधिशले जानकारी दिए । अध्ययनका सिलसिलामा भारतमा रहेका राष्ट्रिय टोलीका अर्का खेलाडी दिपेश्वर शाह भने मेवार लाइन्सबाट आरबिएलमा भाग लिइ रहेका छन् ।
नेपालमा भन्दा आरबिएलमा निकै प्रतिस्पर्धात्मक र फिजिलक खेल भइरहेको सधिशले बताएका छन् । सधिशको कप्तानीमा नेपाली टोलीले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेको थियो । सधिशले यसअघि ५ सिजन बंगलादेशमा व्यवसायिक बास्केटबल खेलेका थिए ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]