4 years ago
March 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले भारतमा व्यसायिक बास्केटबल खेल्ने भएका छन् । भारतको राजस्थान बास्केबल लिग (आरबिएल) खेल्नका लागि सधिश शुक्रबार त्यसतर्फ जाँदैछन् ।
आरबिएलको आयोजकको निमन्त्रणमा त्यसतर्फ जानका लागेका सधिशले आफूले खेल्ने टोलीको टुंगो भने केहि दिनमा लाग्ने बताएका छन् । केहि दिन खेलाडीहरुको छनोट हुने बताइएको छ । ‘मलाई चाहिँ ड्राफ्टमा राखिसकेको जानकारी पाएको छु,’ सधिशले हाम्रो खेलकुदसँग भने, ‘सायद अक्सन हुन्छ र त्यसपछि कुन क्लबबाट खेल्ने टुंगो लाग्नेछ ।’
गत वर्ष स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सधिशकै कप्तानीमा नेपालले कास्य पदक जितेको थियो । सधिश पहिलो पटक भारतमा व्यवासयिक खेलका लागि जाँन लागेको हुन् । उनले यसअघि बंगलादेश बास्केबल लिग खेलेका थिए । सधिशसँग विनोद महर्जन र विक्रम जोशीले सन् २०१० देखि २०१५ सम्म बंगलादेशमा खेलेका थिए ।
दक्षिण एसियाली राष्ट्रमा भारत बास्केटबलको पावर हाउस भएका कारण त्यहाँको राज्यस्तरको लिग खेल्न पाउनुलाई पनि सधिशले ठूलो अवसरका रुपमा लिएका छन् । ‘भारतीय राष्ट्रिय टोलीका खेलाडीले पनि आरबिएल खेल्ने जानकारी पाएको छ,’ उनले थपे, ‘त्यसअर्थ यो मेरो लागि एउटा अवसर हो । अनुभव बटुल्न, आफ्नो स्तर एउटा मौका त हुन्छ नै त्योसँगै मैले राम्रो गर्न सके भने भविष्यमा हाम्रा अन्य खेलाडीलाई पनि ढोका खुल्न सक्छ ।’
सधिशका अनुसार दोस्रो संस्करणको आरबिएल ६ टोलीको सहभागिता रहने सिंगल लिग चैतको ९ गते सम्म चल्नेछ । आयोजकले पत्र प्राप्त भएपछि नेपाल बास्केबल संघको स्वीकृति लिएर आफू भारत जान लागेको पनि सधिशले जानकारी दिए ।
१२ वर्षदेखि राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्य रहँदै आएका सधिश राष्ट्रिय खेलकुदको पाँचौं, छैटौं र आठौं संस्करणमा उपविजेता टोलीको सदस्य थिए । सधिश सम्मिलित आर्मी सातौं राष्ट्रिय खेलकुदको भने च्याम्पियन बनेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दुई वर्षअघि आयोजना गर्ने अवार्डमा उत्कृष्ट बास्केबल खेलाडीको अवार्ड जितिसकेका सधिशले १० औं सागका सर्वाधिक स्कोरर हुन् । दुई वर्ष आयोजित नेपाल बास्केटबल लिग (एनबिएल) को विजेता टोलीका कप्तान समेत रहेका सधिश त्यसमा मस्ट भ्यालुयबल प्लेयर र हाइस्ट स्कोरर बनेका थिए ।
नेपालले साफ बास्केटबल च्याम्प्यियनसिपमा चार पटक कास्य पदक जित्दा पछिल्लो तीन पटक सधिशले नै टोलीको नेतृत्व गरेका थिए । एनबिएल, सागको प्रदर्शनका आधारमा आफूलाई बोलाइएको सधिशको विश्वास छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]