default_image

10 years ago

September 8, 2015

एनसेल यु–१८ अन्तरकलेज बास्केटबल- क्वाटरफाइनल समीकरण पूरा

143 views

0 Bookmark

भाद्र २१, काठमाडौं-
एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ ।

quarter final round complete
क्वाटरफाइनलमा लिभरपुलको भेट टाइम्ससंग हुनेछ भने मोर्गनले जेभियरको सामना गर्नेछ । दुवै खेल बुधबार हुनेछ । बााकी क्वाटरफाइनल प्राइम र एलआरआई तथा गोल्डेनगेट र जेम्सबीच बिहीबार हुनेछ ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जेम्सले ह्वाइटहाउसलाई ४७–३० ले पराजित गर्दै सातौं टिमका रुपमा क्वाटरफाइनलमा प्रवेश पायो । जेम्सको जितमा विशेष खड्काले २० अंक जोडे ।
तेश्रो क्वाटर ६–६ को बराबरीमा टुंगियो भने बााकीमा जेम्सले अग्रता लिने क्रममा पहिलोमा १६–८, दोश्रोमा १४–१० र चौथोमा ११–६ अंक जोड्यो ।

जेभियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ५६–३७ ले हराउदै क्वाटरफाइनल पुग्ने अन्तिम टोली बन्यो । जेभियरका सेवाङ जि. विष्टले १९ स्कोर गरे ।

चारै क्वाटरमा अग्रता लिएको जेभियरले क्रमश: ११–९, १२–११, १४–६ र १९–११ को प्रदर्शन गर्‍यो । अर्को महत्वहीन खेलमा आईडियल मोडेल कलेजले डिएभी कलेजलाई ५२–४३ ले पन्छायो । विजयी टिमका अनिश गुरुङले २० अंक जोडे ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.