default_image

10 years ago

September 6, 2015

नेरिक र भ्यालीपब्लिकले जिते विल्सन कप

143 views

0 Bookmark

नेरिक र भ्यालीपब्लिक स्कुलले पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आईतवार उपाधि जितेका छन् ।

wilson cup

 

शंखमुलको नेरिक स्कुलले दोहोरो उपाधि हात पारेको छ । जुनियर ब्वाईजको खेलमा नेरिकले ग्रिनफिल्डमाथी २५–२४ को रोमान्चक जित निकाल्यो । नेरिकबाट उत्कृष्ट खेल प्रर्दशन गदै क्रिजन पन्तले १६ स्कोर गरे । सिनियर ब्वाईजको फाईनल खेलमा अंकित भण्डारीको महत्वपुर्ण १७ स्कोरको मद्दतमा नेरिकले बाबालाई ६१–५८ ले हरायो । नेरिकका अंकित भण्डारी सिनियर तर्फ तथा नेरिककै असिम भण्डारी जुनियरतर्फको उत्कृष्ट खेलाडी चुनिए ।

सिनियर गल्र्सको फाईनलमा भ्यालीपब्लिकले न्युभिजनलाई ३६–१४ को फराकिलो अन्तरले हरायो । भ्यालीको जितमा उत्कृष्ट प्रर्दशन गरेकी रोशनी श्रेष्ठले सर्वाधिक १७ स्कोर गरिन् । गल्र्समा भ्यालीकी सुष्मा गौतम उत्कृष्ट खेलाडी भईन् । बाफल स्थित आयोजक स्कुलको कोर्टमा भएको स्टाफतर्फको थ्री वाई थ्री बास्केटबलको उपाधि महामन्जुश्रीले जित्यो । उसले बाबालाई २१–१५ ले हराउदा १२ स्कोर गरका अजय नेपाली उत्कृष्ट खेलाडी चुनिए । बिजेता टिमलाई सभासद राजिब बिक्रम शाहले पुरस्कृत गरे ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.