default_image

9 years ago

September 5, 2016

ज्ञाननिकेतन क्वाटरफाइनलमा

118 views

0 Bookmark

काठमाडौं, भदौ २० गते ।

ज्ञाननिकेतन प्रथम माफ अन्तरविद्यालय सिनियर छात्रा बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ज्ञाननिकेतनले जगत मन्दिरलाई २४–१२ ले पराजित गर्‍यो । ज्ञाननिकेतनको जितमा डेजी कार्कीले १८ अंक योगदान गरिन् ।

basketball

म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगितामा न्यु अरुणोदय र ल्यान्डमार्क पनि क्वाटरफाइनलमा पुग्न सफल भए । न्यु अरुणोदयले रिभेरालाई १०–६ ले हराउदै समूह ‘डि’ को विजेता बन्यो । विजेताकी मनिम बुढाले ६ अंक जोडिन् । रिभेरा पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुग्न सफल भयो । ल्यान्डमार्कले भेनसमाथि ७–५ को जित निकाल्यो । ल्यान्डमार्ककी अस्मिता कार्कीले ६ स्कोर गरिन् ।

त्यस्तै अन्य लिग खेलमा कन्स्टिलेसनले बेबिलनलाई १६–८ तथा भेनसले कन्टिनेन्टललाई १४–११ ले निराश पारे । कन्स्टिलेसनकी निशा सुवेदीले ६ र भेनसकी रश्मी गुरुङले ४ अंक जोडे ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.