9 years ago
September 1, 2016
मार्भलस इङलिस स्कुलले सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार विजयी सुरुआत गरेको छ ।
मैतीदेवीस्थित घरेलु कोर्टमा मार्भलसले स्नो एपेक्सलाई ५३–१० को फराकिलो अन्तरले पराजित ग¥यो । मार्भलसको जितमा गणेश कार्कीले १६ अंक योगदान गरे ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगताको ब्वाइजमै हेम्स, काठमाडौं इङलिस स्कुल (केईएस) र अक्सिडेन्टलले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।
हेम्सले साबलाई २१–१३, केईएसले स्पाङ्गेललाई २३–१४ तथा अक्सिडेन्टलले एक्सिसलाई २९–१० ले हराए । हेम्सका राहुल यादवले १०, केईएसका विजय महतोले ९ तथा अक्सिडेन्टलका मोहित गुरुङले १४ अंक जोडे ।
गल्र्समा हेम्सले एसियन पब्लिकलाई १५–७, साबले मार्भलसलाई १५–१ तथा चाँदबागले स्पाङ्गेललाई २२–२ ले निराश पारे । हेम्सकी सुस्मिता सुर्माली तथा साबकी स्टिला लिम्बूले समान ११–११ स्कोर गरे । बृहस्पतिले साविक विजेता केईएसलाई हरायो ।
प्रतियोगिताको केन्द्रीय प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगतामा ब्वाइजतर्फ १२ तथा गल्र्समा १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष सुकुमार थपलियाले जनाएका छन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]