9 years ago
August 1, 2016
काठमाडौं, साउन १७ गते ।
आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
हाँडीगाउँस्थित घरेलु कोर्टमा श्रीदिवाले बृहस्पति विद्या सदनलाई २८–१० ले पराजित ग¥यो । विजेताकी सदीक्षा मगरले १० अंक जोडिन् ।
गल्र्सको अन्य प्रतिस्पर्धामा स्किब्सले एलआरआईलाई २०–११ तथा डाफोडिलले विल्सन एकेडेमीलाई २८–३ ले हराए । स्किब्सकी गंगा गुरुङले १० तथा डाफोडिलकी सिमि तामाङले २० स्कोर गरे ।
ब्वाइजमा हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेम ी(एचएचसीए), एलआरआई, माउन्ट कैलाश र ज्ञाननिकेतनले सफलता हात पारे ।
एचएचसीएले बृहस्पतिलाई ५९–२७ ले पन्छायो । विजेताका बसन्त राईले १२ अंक जोडे । आशिष थापाको १२ अंक सहयोगमा एलआरआईले होलीभिजनलाई ३७–२३ ले निराश पा¥यो ।
हिमालय विरुद्धको खेलमा माउन्ट कैलाश ३१–६ ले विजयी भयो । माउन्ट कैलाशको जितमा देवबहादुर दवाडीले १० अंक योगदान गरे । अनिश तामाङको १८ अंक मद्दतले ज्ञाननिकेतनले रिब्सलाई ६७–५३ ले पाखा लगायो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]