default_image

5 years ago

February 20, 2020

व्हाइटहाउस यू-१८ राष्ट्रिय बास्केटबल च्याम्पियन

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको फाइनलमा जेभियर इन्टरनेसनललाई पराजित गर्दै व्हाइटहाउस च्याम्पियन बनेको छ ।

बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो । ह्वाइटहाउसलाई उपाधि दिलाउने क्रममा सुरज खत्रीले एक्लैले २३ अंक जोडेका थिए । पराजित जेभियरका लागि सगर तामाङले २६ अंक जोडे ।

पहिलो क्वाटरमा १०–८ को अह्रता लिएको व्हाइटहाउसले दोश्रो क्वाटर १४–१२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो क्वाटरमा २०–७ को अग्रता लिएपछि जित सुनिश्चित पारेको व्हाइटहाउस चौथोमा सेटमा भने १८–१२ ले पछि पर्यो । विजेता ह्वाइटहाउसका विशाल मोक्तान प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा समृद्धिले तेश्रो स्थानमा चित्त बुझायो । समृद्धिले न्यु जेनिथलाई ७८–६९ ले हरायो । समृद्धिका सोमित गुरुङले २० स्कोर गरे । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिने छ ।

February 13, 2025

टाइम्स ‘ए’ थ्री बाई थ्री बास्केटबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]

December 7, 2024

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए विजयी

काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]

June 10, 2024

छन्त्याल र ढोरपाटनलाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]

Success

Thank you for your time.