default_image

9 years ago

July 17, 2016

इनोभेटिभ र रेडिअन्ट प्रिक्वाटरफाइनलमा

121 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद), साउन २ गते ।
इनोभेटिभ इङलिस स्कुल र रेडिअन्ट सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगितामा आइतबार प्रि- क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

Innovative vs Radiant wins
काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले ज्ञानमालालाई ३८–१५ ले पराजित गर्‍यो । इनोभेटिभका सोहन महर्जनले १२ अंक जोडे । आकृश शाहीको १३ अंक सहयोगमा रेडिअन्टले एआईएलाई ३६–२४ ले हरायो ।

त्यस्तै हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए), विल्सन एकेडेमी र ग्रिनल्यान्ड पनि प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल रहे । एचएचसीएले रिब्सलाई ४८–२८ ले निराश पार्‍यो । विजेतका विशाल राईले २१ अंक जोडे । पेम्बा शेर्पाको १७ अंक मद्दतले विल्सनले क्यारियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलाई ४५–२२ ले पन्छायो । ग्रिनल्यान्डले काठमाडौं इङलिस स्कुलबाट वाकओभर पायो ।
अन्य लिग खेलमा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले न्यु जेनिथलाई २९–१२, एन्जल्स हार्टले भ्याली पब्लिकलाई ३३–१९, ओडिसीले ड्याफोडिललाई ३५–२०, सेबले जिलेटलाई ३४–१३, बेबिलनले माउन्ट ग्लोरीलाई २८–१७, नेपाल सेन्ट्रलले कैलाश बोधीलाई १९–७, लोयल्टीले बालविकासलाई ३२–६ तथा एन्जल लर्डले अरुणिमालाई ३५–२२ ले हराए ।

विजेता टोली टीआईएका सलिन शेरचनले १४, एन्जल्स हार्टका सकबहादुर रोकाले १२, ओडिसीका सागर लामाले १३, सेबका रेजिल गुरुङले ६, बेबिलनका सगुन राईले १०, नेपाल सेन्ट्रलका सुवास बुढाथोकीले १४, लोयल्टीका सोनाम तामाङले २१ तथा एन्जल लर्डका सुजन राईले २१ अंक बटुले ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.