5 years ago
February 3, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
‘बास्केटबल मेरा लागि सब चिज हो’, खेलप्रतिको आफ्नो लगाव यसरी प्रष्ट पार्छिन् राष्ट्रिय महिला बास्केबल टोलीकी कप्तान सदिना श्रेष्ठ । आफ्नो डेढ दशक लामो खेल जीवनमा उनका लागि सबै भन्दा गर्व र अविष्मरणिय क्षण १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्नु थियो ।
‘आफ्नो देशमा आयोजना भएको र त्यसमा पनि रजत पदक जित्ने टोलीको कप्तान हुनु शब्दमा बयान गर्न कठिन छ,’ सागको सफलताको क्षण स्मरण गर्दै उनी भन्छिन्,‘ मेरो खेल जीवनमा त्यो जति सुखद र गर्वको अर्को क्षण छैन ।’
मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले महिला टोलीमा रजत पदक जितेको थियो । फाइनलमा भारतसँग पराजित हुँदै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको थियो । औपचारिक रुपमा सागमा महिला बास्केटबल पहिलो पटक राखिएको थियो । ‘पहिलो पटकमै यो सफलता सानो होइन । भारत यो रिजनको निकै बलियो टोली हो,’ उनी आफ्ना लागि पदकको महत्त्व दर्शाउँदै भन्छिन्,‘तर, त्यो रजत भएपनि मेरो लागि स्वर्ण पदक बराबर नै हो ।’
व्यक्तिगत र टिम गेममा सरकारले गरेको व्यवहार प्रति भने उनको चित्त दुःखाई छ । ‘इन्डिभिजुयल होस् वा टिम गेम सबैले उत्तिकै मेहनत गरेको हुन्छ । तर टिम गेमलाई चाहि फरक व्यवहार गर्दा चित्त दुःख्छ ,’ उनले थपिन्,‘ केहि पाइन्छ भन्ने आशाले म बास्केबलमा लागेको होइन । तर, सरकारले गर्ने व्यवहारमा फरक किन हुन्छ मैले बुझ्न सकेको छैन । ’
सागमा एतिहासिक सफलतापछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकेजको घोषणा गर्दा समूहगत खेलेको रजत र कास्य पदक विजेता खेलाडीको लागि पुरस्कार राशी नतोकिदा खेलाडी निराश भएका थिए । अझ व्यक्तिगत र समूहगत खेलमा गरिएको विभेदमा उनीहरुको बढी गुनासो छ । प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।
समूहगत खेलको हकमा भने स्वर्ण पदक विजेता टोलीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा भएको थियो । उनले रजत र कास्य पदक जित्ने टोलीका बारेमा सम्बोधन गर्दा ‘ झिना मसिना कुरा मिलाउँदै गराउँला ।’ उनका लागि सानो लागेको त्यो विषय पदक जित्ने टोलीका खेलाडीका लागि भने सबैभन्दा दुःखद अभिव्यक्ति बन्यो । खेलाडीले प्रधानमन्त्री निवासमै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलावलाई विवेध भएको गुनासो गरेका थिए ।
झन्डै एक दशक देखि राष्ट्रिय टोलीको सदस्य र सन् २०१२ बाट टोलीको कप्तान रहेकी सदिना भावी योजनालाई लिएर प्रष्ट छिन् । उनी महिला राष्ट्रिय टोलीको प्रशिक्षक हुन चाहान्छिन् । उनले त्यसको तयारी स्वरुप लेभल टू कोर्ष पनि पुरा गरिसकेकी छिन् ।
गत वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा थ्री बाई थ्री टोलीको प्रशिक्षक बनेकी सदिनाले एनबीएलमा साउथ साथडर्सको पुरुष टोलीलाई पनि प्रशिक्षण दिइसकेकी छिन् । सेन्ट जेभियर्समा स्थायी खेलकुद शिक्षकका रुपमा कार्यरत उनी एभिएम र तरुण माविमा पनि बास्केटबल सिकाउँदै आएकी छिन् ।
‘मेरो लागि बास्केबल नै सब चिज हो । त्यसैले म खेल जीवन पछि प्रशिक्षकका रुपमा काम गर्न चाहन्छु,’ उनले योजना सुनाईन्,‘त्यसको लागि संघ र सम्बन्धित निकायको पनि भूमिका रहन्छ । तर म बास्केटबलबाट टाढा रहन सक्दिन ।’ विगतमा भन्दा बास्केबलको गतिविधि कम भएको र नयाँ खेलाडी आउने अवसर पनि कम हुँदै गएको उनले पनि महसुस गरेकी छिन् ।
नेपाल बास्केबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा डेढ वर्षयता देखि अस्वस्थ रहेका कारण पनि त्यसको असर बास्केबलको संरचनामा परेको उनको बुझाई छ । ‘अरुले पनि कोसिस गर्नुभएको छ । तर पनि यति बेला बास्केबल अविभावक विहिन जस्तो भएको छ,’ दुःख मान्दै उनले भनिन्,‘ टेन्डी सर हुँदा गतिविधि, प्रतियोगिता जसरी हुन्थ्यो । अहिले त्यसमा कमी आएको छ । समग्र बास्केटबलमा नै उहाँको अनुपस्थितिले असर गरेको छ ।’
त्यसका बाबजुद पनि बाँकीले आफ्नो ठाँउबाट बास्केबल विकासमा भूमिका निर्वाह गर्नुपर्ने उनी जोड दिन्छिन् । ‘बास्केटबलमा प्रशिक्षक धेरै छौं । अधिकांश स्कुल, कलेजमा बास्केटबल प्रशिक्षक छन्,’ उनले भनिन्,‘ हामी सबैले आ आफ्नो ठाँउबाट प्रयास गर्ने हो भने बास्केबल पुरानै अवस्थामा आउन सक्छ । ’ विगतमा जस्तो काठमाडौं उपत्यकामा पनि बास्केटबलको माहौल कम हुँदै गएको उनले पनि महसुस गरेकी छिन् ।
विगतमा बास्केटबलको माहोल देखेरै आफु त्यसमा आबद्ध भएको उनको अनुभव छ । सुरुवात फुटबलबाट गरेपनि उनले बास्केटबललाई भने आफ्नो करियर बनाइएकी थिइन् । ‘ मैले सुरुमा फुटबल खेलेको थिए । दिदी राष्ट्रिय खेलाडी भएकाले म उहाँसँगै एन्फामा जान्थे । ८ कक्षामा पढ्दा नर्वे जानका लागि २४ जनामा परेको पनि थिए,’ उनले पुराना कुरा सम्झदै थपिन्,‘ तर, अन्तिम छनोटमा फालिएपछि म फुटबल खेल्दिन बनेर घुर्की लगाए । पछि औपचारिक रुपमा खेलिन । तर फुटबल, फुटसल सौखका लागि भने खेरिरहे ।’
बास्केटबलमा होमिनुको पछाडिको कारण भने उनलाई रिब्स स्कुलमा पुग्नुलाई मुख्य मान्छिन् । ‘त्यहाँ होस्टलमा बस्ने होस् वा अरु विधार्थी जो कोही पनि बास्केटबल भने पछि हुरुक्कै । म पनि त्यो माहोलबाट टाढा रहन सकिन ,’ उनले सम्झिइन्,‘ हामीले खेल्दा काठमाडौंका अधिकांश बास्केटबल उपाधि हामी नै जित्थ्यौं । जित्ने बानी पर्दै गयो । पछि त त्यहि नशा भयो । अनि यसैलाई करियर बनाएर अघि बढे । आज म जे छु यहि बास्केटबलका कारण छु ।’
सदिनासँगको अन्तर्वार्ता :
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]