5 years ago
January 27, 2020
एजेन्सी – बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको आइतबार क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ४१ वर्षीय कोबीसहित उनको १३ वर्षीय छोरी जियाना पनि हेलिकप्टरमा सवार थिइन् । हेलिकप्टरमा रहेका ९ जना यात्री नै जीवित नरहेको स्थानीय पुलिसले जानकारी दिएको छ ।
कोबीको निजि सिकोर्स्की एस-७६ हेलिकप्टर बाक्लो कुहिरोका कारण पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना हुनुअघि नै हेलिकप्टरले बेग्लै आवाज निकालेको स्थानीय प्रतक्ष्यदर्शीले बताएका छन् । १८ पटक एनबीए अलस्टार रहेका कोबी आफूले स्थापना गरेको माम्बा एकेडेमीमा प्रशिक्षणका लागि प्रस्थान गर्ने क्रममा दुर्घटना भएको हो ।
स्थानीय समयअनुसार ९:०६ ना ओरेन्ज काउन्टीको जोन वेन विमानस्थलबाट उडेको हेलिपक्प्त्र अन्तिम पटक ९:४५ सम्म सम्पर्कमा रहेको थियो । उक्त हेलिकप्टर एल मोन्टेको स्यान ग्यब्रिएल भ्याली विमानस्थलमा अवतरण गर्ने कार्यक्रम थियो ।
को हुन् कोबी ?
बास्केटबलमा २० वर्ष बिताएका कोबीले आफ्नो खेल जीवनको पूरै समय लास एन्जेलस लेकर्सबाट खेलेका थिए । आफ्नो करीअरमा ५ पटक एनबीए उपाधि जितेका उनले सन् २०१६ अप्रिलमा संन्यास लिएका थिए । आफ्नो खेल जीवनमा उनी १८ सिजन अल स्टार टोलीमा पर्दै दुर्लभ सफलता हात पारे ।
यसबाहेक उनी सन् २००८ मा एनबीएको मोस्ट भ्यालुएबल प्लेयर भए । दुई पटक एनबीए फाइनल्सका एमभीपी रहेका उनले दुई पटक एनबीएको स्कोरिङ च्याम्पियन र दुई पटक ओलम्पिक च्याम्पियन समेत भए ।
सन् २००६ मा टोरन्टो राप्टर्सविरुद्ध ८१ अंक जोड्दै उनले एकै खेलमा सर्वाधिक अंक जोड्ने दोस्रो खेलाडी बनेका थिए । सन् २०१८ मा उनले आफ्नो बास्केटबलप्रतिको मायालाई समपर्ण गर्दै लेखेको ५ मिनेटको भिडियोले ओस्कार समेत जितेको थियो ।
कोबीको परिवारमा उनकी पत्नी भनेसा र अन्य तीन छोरीहरु नाटालिया, बियान्का र काप्री छन् । कोबीको निधनपछि विश्वभरबाट उनको निधनलाई लिएर शोकाकुल संदेश सामाजिक संजालमा देखिएको छ । अप्रत्याशित यस घटनाले विश्व बास्केटबलले एक हस्ती गुमाएको एनबीएले प्रेस विज्ञप्ति जारि गरेको छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]