default_image

9 years ago

July 4, 2016

गोल्डेनगेट र साउथ साइडर्स उपाधिनजिक

160 views

0 Bookmark

गोल्डेनगेट र साउथ साइडर्स मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

goldengate and south siders reaches final

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले जिएएलाई ८४–६० ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा सुशील गुरुङले ३० अंक योगदान गरे । गोल्डेनगेटले पहिलो क्वाटरमा २९–१३ र दोश्रोमा २४–९ को अग्रता लिदै जितको आधार खडा गर्‍यो । त्यसपछिका दुवै क्वाटरमा जिएए अगाडि रहेपनि जित हात पार्न सकेन । जिएएले तेश्रोमा २४–२२ र चौथोमा १४–९ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

दोश्रो सेमिफाइनलमा साउथ साइडर्सले इनोभेटिभलाई ७४–५८ ले हरायो । साउथ साइडर्सका युक्ता माथेमाले २६ स्कोर गरे ।
साउथ साइडर्सले पहिलोमा १८–१७ र दोश्रोमा १०–११ अंक जोड्यो । तेश्रोमा १७–१० अंक जोडेको साउथ साइडर्सले चौथोमा १९–२० अंक बटुल्यो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा ह्वाइटहाउसले जेभियरलाई ५१–३६ ले पाखा लगायो । विजेताकी एलिशा मल्लले १६ अंक जोडिन् ।

अपराजित ह्वाइटहाउसले राउन्ड रोविन लिगकै अन्तिम खेलमा अर्को अपराजित टोली प्राइम विरुद्ध खेल्नेछ । उक्त खेल फाइनल सरह हुनेछ । त्यसमा जुन टोलीले जित हात पार्छ उसैले उपाधि हात पार्ने छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.