9 years ago
June 30, 2016
काठमाडौं, असार १६ गते ।
इनोभेटिभले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल इनोभेटिभले बाबालाई ८०–७४ ले पराजित गर्यो । इनोभेटिभको जितमा अजय मानन्धरले २० अंक योगदान गरे ।
इनोभेटिभ पहिलो क्वाटरमा १७–२५ ले पछि पर्यो । दोश्रोमा २२–१९ र तेश्रोमा २७–१३ को अग्रता बनाउदै इनोभेटिभले जितको आधार खडा गरेको थियो । बाबाले चौथोमा इनोभेटिभलाई १७–१४ ले पछि पारेपनि जित हात पार्न सकेन । पुरुषको अर्को खेलमा साउथ साइडर्सले जेभियर इन्टरनेसनललाई ७४–४८ ले हरायो । साउथ साइडर्सका विजय बुर्जाले १५ स्कोर गरे । अन्तिमसम्म अग्रतालाई कायमै राखेको साउथ साइडर्सले जेभियर विरुद्ध ११–९, १९–१६, २४–७ र २०–१६ अंक जोड्यो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ प्राइम र ह्वाइटहाउसले सफलता पाए । प्राइमले मोफसलको टोली रुपन्देहीमाथि ६१–८ को सहज जित दर्ता गर्यो । प्राइमकी स्नेहा श्रेष्ठले १८ अंक जोडिन् । अनुषा मल्लको १६ अंक सहयोगमा ह्वाइटहाउसले मोर्गनलाई ५६–२७ ले निराश पार्यो ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]