5 years ago
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सागअन्तर्गत बास्केटबलतर्फ महिलामा नेपाल रजत पदकमा सिमित भएको छ । पुरुषतर्फ भने नेपालले कास्य पदक हासिल गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित गर्यो । भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको भारतले २५–७, ३३–१४, ४४–९ र २५–१६ अंक जोड्यो । माल्दिभ्सले भुटानलाई ८३–४६ ले हराउदै तेस्रो भयो । माल्दिभ्सकी रिश्माले २९ अंक बटुलिन् ।
पुरुष फाइनलमा भारतले श्रीलंकामाथि १०१–६२ को जित दर्ता गर्यो । विजेताका विशेष भ्रिगुवन्सीले १७ स्कोर गरे । सुरुका तीन क्वाटरमा अग्रता लिएको भारतले पहिलोमा २६–१४, दोश्रोमा २५–१० र तेश्रोमा २८–२७ अंक जोड्यो । चौथोमा श्रीलंकाले २७–२२ को अग्रता लिएको थियो ।
तेश्रो स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशलाई ८१–५९ ले पाखा लगायो । नेपालका अशिम श्रेष्ठले १९ अंक जोडे । नेपालले पहिलोमा २४–११, दोश्रोमा २२–११, तेश्रोमा १४–२३ र चौथोमा २१–१४ अंक जोड्यो ।
यसअघि सोमबार सम्पन्न थ्री बाइ थ्री बास्केटबलको पुरुषमा भारत पहिलो, नेपाल दोश्रो र श्रीलंका तेश्रो भएका थिए । महिलामा भारतले स्वर्ण, श्रीलंकाले रजत तथा नेपालले कांस्य जितेका थिए ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]