5 years ago
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अन्तिम खेल भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
आइतबार दशरथ रंगशालाको कभर्ड हलमा नेपालले भुटानमाथि ८७-४६ को सहज जित हासिल गर्यो । अनुषा मल्लले २० अम्क अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले लगातार दोस्रो जित दर्ता गर्यो । यसअघि नेपालले बंगलादेशलाई हराएको थियो ।
महिलातर्फ नेपाल समूह विजेता र भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका छन् । अर्को खेलमा माल्दिभ्सले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । अब अपराजित भारत र भुटानबीच सेमिफाइनल खेल हुनेछ भने नेपालले फाइनल प्रवेशका निम्ति माल्दिभ्सको सामना गर्नेछ । दुवै सेमिफाइनल सोमबार हुनेछ ।
यसअघि पुरुषतर्फ नेपालले माल्दिभ्सलाई ७६-६२ ले हराएको थियो । सेमिफाइनलमा नेपालले भारत तथा बंगलादेशले श्रीलंकासँग खेल्नेछन् ।
यसैगरी थ्री बाइ थ्री बास्केटबलको पुरुषतर्फ सेमिफाइनलमा भारत र बंगलादेश तथा श्रीलंका र नेपाल खेल्ने भएका छन् । महिलामा भने भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]