default_image

5 years ago

December 5, 2019

बास्केटबलमा नेपाललाई मिश्रित सफलता

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलतर्फ नेपालले पहिलो दिन मिश्रित सफलता हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिलातर्फ नेपालले बंगलादेशलाई ९२–५ को फराकिलो अन्तरले पराजित गर्यो । नेपालकी मुना महर्जनले १७ अंक जोडिन् ।

पुरुषतर्फ भने नेपालले सुखद सुरुवात गर्न सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले नेपाललाई ६७–६१ पराजित गर्यो । बंगलादेशका आकाशले १७ स्कोर गरे । नेपालका सदीश प्रधान र विजय बुर्जाले समान ११–११ अंक जोडे । अर्को खेलमा श्रीलंकाले भुटानलाई ७०–६४ ले हरायो । भुटानका लागि दोर्जी ग्याल्सेनले १५ अंक बटुले ।

December 7, 2024

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए विजयी

काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]

June 10, 2024

छन्त्याल र ढोरपाटनलाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]

May 9, 2024

बास्केटबल टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]

Success

Thank you for your time.